> समाज > गौमुखी गाउँपालिकामा कोरोना संक्रमितको संख्या ५ पुग्यो


गौमुखी गाउँपालिकामा कोरोना संक्रमितको संख्या ५ पुग्यो

प्यूठान, १५ असार । गौमुखी गाउँपालिकामा कोरोना संक्रमितको संख्या ५ पुगेको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा गौमुखी गाउँपालिकाका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । यस्तै झिम्रुक गाउँपालिकाका १र माण्डवी गाउपालिकाका १ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या २९९ पुगेको छ । जसमध्ये नौवहिनि गाउँपालिकाका १६ जना, सरुमारानी गाउँपलिका १ जना र माण्डबी गाउँपालिकाका १ जना निको भएर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!