प्युठान । गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा प्युठान को अध्यक्षमा बिजय कुमार श्रेष्ठ निर्बिरोध निर्वाचित हुनुभएको छ । मंगलबार सम्पन्न सातौं अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
समितिको वरिष्ठ उपाध्यक्ष भगत कर्माचार्य,उपाध्यक्ष हरि प्रसाद भण्डारी, सचिब जुमान सिंह के.सी., उप-सचिब राधिका पन्थी, कोषाध्यक्ष शिवा रेग्मी निर्वाचित हुनुभएको छ ।
त्यसैगरी सदस्यमा राम पहाडी, प्रज्वल पहाडी, एलबी थापा , तीला बुढाथोकी, ओमहरी भट्टराई, उमा शर्मा, राधिका के.सी., सिता सुनार, मुक्त बहादुर रानामगर र राधिका खड्का रहनुभएको छ ।
