प्यूठान । नेकपा एमालेका स्थायी कमिटी सदस्य मणीचन्द्र थापाले नेकपा एमाले पार्टी थप चुस्त दुरुस्त बन्दै गएको बताउनुभएको छ ।
वडा तहदेखि पार्टीको अधिवेशन शुरु भएकाले पार्टी थप चुस्त दुरुस्त बन्दै गएको उहाँको भनाई छ ।
नेकपा एमाले गौमुखी गाउँ कमिटीको अधिवेशन उद्घाटन शत्रलाई सम्बोधन गर्दै नेता थापाले अरु राजनीतिक दलको अधिवेशन प्रभावित भइरहेका बेला नेकपा एमाले पार्टी अधिवेशनमा केन्द्रित भएर लागेको बताउनुभयो । पार्टी अधिवेशनले संगठनलाई थप क्रियाशिल बनाउने उहाँको भनाई छ ।
नेता थापाले कार्यक्रममा सहभागी कार्यकर्तालाई संगठन विस्तारको काममा युद्धस्तरमा लाग्न आग्रह समेत गर्नुभयो । उहाँले आगामी निर्वाचनमा एमाले देशभरमा बुहमत सहितको पहिलो पार्टी बन्ने अभियानमा लागेकाले त्यसलाई सफल बनाउन स्थानीय तहदेखि नै लाग्नुपर्ने उहाँको भनाई छ ।
