> राजनीति > राष्ट्रिय जनमोर्चाले टोल कमिटीसम्म संगठन परिचालन गर्ने


राष्ट्रिय जनमोर्चाले टोल कमिटीसम्म संगठन परिचालन गर्ने

प्युठान । राष्ट्रिय जनमोर्चाले देशको समसामयिक बिषय तथा पार्टीले संचालन गरेको मेची महाकाली अभियानको बारेमा जानकारी गराएको छ ।

 

सोमबार जुम्रीमा भएको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष ज्ञानुराम न्यौपानेले जनमोर्चाले जेठ महिना भित्र जिल्लाभर ९ वटै पालिकामा बैठकको आयोजना गर्ने, असार र श्रावण महिनामा टोल समिती निर्माण गर्ने, सदस्यता वितरण गर्ने, कार्तिकमा भैलो कार्यक्रम गर्ने, मंसिर र पौषमा आर्थिक अभियान लैजाने जानकारी दिनुभयो ।

देशमा अमेरिकी साम्राज्यवादको बढ्दो प्रभावलाई मध्यनजर गर्दै त्यस्का विरुद्ध मेची- महाकाली अभियान संचालन गरिएको र उक्त कार्यक्रम प्युठानमा पनि संचालन हुने अध्यक्ष न्यौपानेले बताउनुभयो ।

 

जिल्ला बिकास निर्माणलाई अलपत्र पार्ने परिपाटी अन्यकोलागी खवरदारी गर्नुपर्ने राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बोम बहादुर केसीले बताउनुभयो । जिलालाका कतिपय सरोकारका बिषयमा सबै दलको सहकार्य नभएकोले जिल्लामा बिकासले गति लिन नसकेको उहाँको भनाइ थियो । जिल्लाको बिकास र समृद्धिको लागि राष्ट्रिय जनमोर्चा सबै संग हातेमालो गर्न तयार रहेको समेत उहाँले बताउनुभयो । देश भ्रष्टाचारको दलदलमा रहेकोले यश तर्फ मिडियाले खवरदारी गर्नुपर्ने बताउनुभयो ।

 

पत्रकार भेटमा प्युठानको बिकासको लागि विभिन्न माग र विषयबस्तुप्रती सम्बन्धित पक्षलाई सचेत गराएको छ ।
राष्ट्रिय जनमोर्चा प्युठानका अध्यक्ष ज्ञानुराम न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ प्युठानका अध्यक्ष सन्जय, रिजाल पत्रकार महासंघ नेपालका केन्द्रिय सदस्य सुशील पोख्रेल, जनमोर्चाका केन्द्र प्रदेश र जिल्ला स्तरीय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *