> समाज > विपदवाट प्रभावितलाई राहत


विपदवाट प्रभावितलाई राहत

प्यूठान, २९ भाद्र । जिल्लाको प्यूठान नगरपालिकाले विभिन्न विपदवाट प्रभावित भएका व्यक्ति तथा परिवारलाई राहत उपलब्ध गराएको छ ।

नगरभित्र विभिन्न विपद्मा परेर प्रभावित भएका नगरवासीलाई चार लाख ३५ हजार रुपियाँ राहत उपलब्ध गराएको जनाएको छ । नगरप्रमुख अर्जुन कुमार कक्षपतिले चालु आर्थिक वर्षको साउनदेखि हालसम्म क्षति भएका ३८ व्यक्ति तथा परिवारलाई राहत उपलब्ध गराएको बताउनुभयो । यस अवधिमा स्वास्थ्य उपचारका लागि १९ जनालाई दश हजारका दरले, घर क्षति भएका सात परिवारलाई दश हजारका दरले, नौ वटा गोठको पाँच हजारका दरले, एउटा पशु फर्मलाई पाँच हजार, एउटा कुखुरा फर्मलाई पाँच हजार र एउटा जुत्ता पसललाई दश हजार रुपियाँ उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो ।

विपद् कोषमा नगरपालिकाले ५० लाख रुपियाँ विनियोजन गरेको छ । उहाँले नगरपालिकाले बनाएको कार्यविधि अनुसार विपद्मा परेका व्यक्ति तथा परिवारलाई राहत उपलब्ध गराउने नीति लिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *