> राष्ट्रिय > लुम्बिनी प्रदेश सरकारद्धारा आ.व. २०८२/८३ को बजेट प्रस्तुत, प्यूठानमा कृषि उत्पादन र सडक निर्माणमा जोड


लुम्बिनी प्रदेश सरकारद्धारा आ.व. २०८२/८३ को बजेट प्रस्तुत, प्यूठानमा कृषि उत्पादन र सडक निर्माणमा जोड

प्यूठान । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनेन्द्र कार्कीले आईतबार आ.व. २०८२/८३ को बजेट बक्तव्य प्रस्तुत गर्नुभएको छ । लुम्विनी प्रदेश सभामा प्रस्तुत बजेटले प्यूठानको कृषि उत्पादन, पर्यटन प्रवर्द्द्न, सडक सञ्जाल, खानेपानी र भौतिक पुर्वाधारका योजनाहरुमा प्राथमिकता दिएको छ ।

कोदो, फापर र रातो मुलाको उत्पादन बढाउने, स्वर्गद्धारीको पर्यटन प्रबर्द्धन गर्ने, काइलाबास धारापानी स्वर्गद्धारी पर्यटन मार्गको रुपमा बिकास गर्ने योजना अघि सारिएको छ ।

 

प्यूठान खण्ड सहित प्रदेश राजमार्ग रामपुर कपुरकोट सडक निर्माणका लागी १९ करोड रुपैया बजेट बिनियोजन गरेको छ । प्रदेश सरकारले बाग्दुला, बहाने, स्याउलीवांग, लामाताल चैते, बाग्दुला मच्छी लगाएतका प्रदेशका ९ समपुरक सडक योजना निर्माण गर्ने जनाएको छ ।

बजेटको पुर्णपाठ :

बजेट-वक्तव्य पुर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस ।

बजेट वक्तव्य पुर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *