प्यूठान, २१ जेठ ।
बालिका बलात्कारको आरोपमा प्यूठानका एक युवा पक्राउ परेका छन् । ८ वर्षिय बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।
ऐरावती गाउँपालिका–६ आँपखोलाका ३२ वर्षिय रेमश जि.सी.लाई पक्राउ गरी घटना अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी विष्णु पौडेलले जानकारी दिनुभयो ।
मंगलबार नै पीडितको स्वास्थ्य जाँच गरिएको छ । घटना बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
