> राष्ट्रिय > भत्किएको घरमा जोखिम मोलेर बस्दै, गाउँपालिकाबाट सहयाेग मिलेन


भत्किएको घरमा जोखिम मोलेर बस्दै, गाउँपालिकाबाट सहयाेग मिलेन

प्यूठान । घर ठाउँठाउँमा चर्किएको छ । कतिपय ठाउँमा भत्किएको पनि छ । मल्लरानी गाउँपालिका वडा नम्वर ४ स्थित पाण्डेडाँडाका गोर बहादुर बस्नेत लामो समयदेखि यही घरमा बस्दै आउनुभएको छ ।

 

फाेटाे प्रभात श्रेष्ठकाे फेसबुकबाट

आर्थिक अभावका कारण मर्मत गर्न सक्ने अवस्था नभएकाले भत्किएको घरमा डर मान्दै बस्नु परेको उहाँले बताउनुभयो । दैनिक गुजारा चलाउन समेत धौ धौ अवस्था रहेको छ । गतवर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत बाटो खन्ने काम गरेको उहाँले बताउनुभयो । उहाँसँग घरमा १४ वर्षका छोरासँग बस्दै आउनुभएको छ । छोराले कक्षा ८ मा अध्ययन गर्छन् ।

 

 

वर्षातका कारण घर चर्किएको र कतिपय ठाउँमा भत्किएको बस्नेतले बताउनुभयो । घरको समस्या लिएर वडा कार्यालय, गाउँपालिका पुगेपनि सहयोग नपाएको उहाँको गुनासो छ । घर पूणर् क्षति भएमा ५० हजार रुपियाँ दिन सकिने भन्दै पालिकाबाट सहयोग नपाएको उहाँले बताउनुभयो ।

 

फाेटाे प्रभात श्रेष्ठकाे फेसबुकबाट

स्थानीय ताल बहादुर बस्नेतले घर धाजा धाजा भएकोले सवैको सहयोग आवश्यक रहेको बताउनुभयो । कुष्ठरोगका कारण एउटा खुट्टा अपाङ्ग छ । “वडा पालिकामा निवेदन दिएपनि राहत पाएन”, उहाँले भन्नुभयो, “अरु कहि कतैबाट सहयोग मिल्थ्यो कि ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *