प्यूठान, १ असार । जिल्लामा आज थप तीन जना संक्रमित भेटिएका छन् । सरुमारानी गाउँपालिका २ का तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।
भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षण अनुसार २ वर्षका बालक, ६ वर्षका बालिका र २९ वर्षका महिलामा कोरोना देखिएको हो । उनीहरु एकै परिवारका रहेका छन् । उनीहरु सत्य माविको क्वारेन्टाइनमा बसेका थिए ।
यसअघि सरुमारानी गाउँपालिका २ मा एक जना संक्रमति भेटिएका थिए । उनको दांगमा उपचार भइरहेको छ ।
सरुमारानी गाउँपालिकाका अनुसार ४१ जनाको स्वाव परिक्षणका लागि पठाइएकोमा अझै ३० जनाको रिर्पोट आउन बाँकी छ ।
