> साहित्य सृजना > प्रिय दसैं !


प्रिय दसैं !

महेश थापा ‘आभास‘                                              प्रिय दसैं
हिजो तिमी रङ्गिन खुशी लिएर
आउने गर्थ्यौ !
बालापनकाे बगैंचामा
हर्षकाे मनाेरम साझ बाेकेर
हाम्रो घर आगनिमा
पुर्णिामाकाे प्रेमिल रातकाे आभाष दिने गर्थ्यौ !!
र पाे तिमी भित्रिएको महशुस हुन्थ्यो हामीलाई ।
माफ गर दसैं !
अचेल न तिमी खुशी छौ ? न त हामी ?
उराठ / उदास मरुभूमिमा
बेचैनीको बगरमा
खुशी लुटिएको दृश्य सगालेर
भत्किएका रहरहरुका
खन्डहर प्रहरहरुमा
सपनाका निर्जीव शहर
कदापि हसाउनु छैन हामीलाई !

Leave a Reply

Your email address will not be published. Required fields are marked *