> समाज > नेकपा वडा सचिवले विपन्नलाई दिए तरकारी


नेकपा वडा सचिवले विपन्नलाई दिए तरकारी

टीकाराम पोख्रेल
प्यूठान, २१ चैत्र ।
कोरोना भाइरस (कोभिड १९)को लक डाउनका कारण विपन्न तथा दैनिक ज्यालादारीमा जिवीकोपार्जन गर्दै आएकाहरु बढि समस्यामा छन् । तरकारीको जोहो गर्न समस्या भएको समयमा त्यस्ता परिवारका लागि प्यूठान नगरपालिकाका दुई जनाले आफ्नो व्यवसायिक फर्ममा फलेका तरकारीहरु घरमै पु¥याएका छन् ।

प्यूठान नगरपालिका वडा नं. ७ निवासी सन्तोष नेपाली र अनिल नेपालीले तरकारी प्रदान गर्नुभएको हो । । एकीकृत कृषि तथा पशुपालन फर्मका सन्तोष नेपाली र झिमरुक पोल्ट्री एण्ड बंगुर तथा कृषि फर्मका अनिल नेपालीले वडा कार्यालय, सुरक्षाकर्मी सहित प्यूठान नगरपालिका ७ का १०३ परिवारलाई ३ के.जी.का दरले तरकारी वितरण गरेको कृषक सन्तोष नेपालीले जानकारी दिनुभयो ।

सन्तोष नेपाली नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वडा कमिटि सचिव हुनुहुन्छ ।

‘लक डाउनको समयमा दैनिक ज्यालादारी परिवारलाई तरकारीको जोहो गर्न समस्या परेको छ ।’ ,कृषक सन्तोष नेपालीले भन्नुभयो, ‘वडाले खाद्य सामाग्री वितरण गरेकोमा थप सहजताका लागि आफ्नै गाउँमा फलाएको तरकारी दिएका हौ ।’

साथै प्यूठान नगरपालिका ७ नं. वडा कार्यालयले विपन्न र श्रमिकहरूलाई चामल, दाल, नुन र तेल वितरण गरिएको प्यूठान नगरपालिका ७ का वडा अध्यक्ष नेत्र बहादुर के.सी.ले जानकारी दिनुभयो । ‘विपन्न तथा मजदुरी गरेर खाने परिवारहरु मध्ये ८० घर परिवारलाई प्रति परिवार ५ के.जी. चालम, १ के.जी. दाल र १ लिटर तेल वितरण गरेका छौ ।’ ,वडा अध्यक्ष के.सी.ले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!