> राष्ट्रिय > स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री हस्तान्तरण


स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

प्यूठान, १८ असार । खलंगा सरोकार समुहको समन्वयमा प्यूठान मल्लरानी गाउँपालिकाका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । खलंगा प्राथमिक स्वास्थ केन्द्र, प्यूठान आयुर्वेदिक स्वास्थ्य केन्द्र र धरमपानी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

स्वर्गद्धारी महाप्रभु बचत तथा ऋण सहकारी संस्था लि. बाट रु.५०१५३, प्यूठान काठमाण्डौ नेवा समाज रु.१५०७६, प्यूठान खलंगा हाल काठमाण्डौ निवासी राजमणी श्रेष्ठ रु.९५००, प्यूठान न.पा. ४, थापाडाँडा हाल बुटवल निवासी दिनेश श्रेष्ठबाट रु.४५८० गरी कुल रु.७९,३०९।– बराबरको पिपीइ सेट, सर्जिकल ग्लोव्स, लुज ग्लोव्स, फेसशिल्ड, ह्याण्ड सेनिटाइजर, सिरिञ्ज, एन९५ मास्क, अटोमेटिक टच फ्री ह्याण्ड सेनिटाइजर हस्तान्तरण गरिको संयोजक मनोज श्रेष्ठले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *