प्यूठान, १२ साउन । प्यूठानमा नियमित रक्तदान गर्ने रक्तदातालाई सम्मान गरिएको छ ।
५५ औं रक्त सञ्चार सेवा स्थापना दिवसको अवसरमा आज मंगलबार रेडक्रस प्यूठानले एक कार्यक्रम आयोजना गरि रक्तदातालाई सम्मान गरिएको हो ।
नियमित रक्तदान गर्ने जीवन खनाल, सुर्यचन्द्र खनाल र सरस्वता केसीलाई सम्मान गरिएको देवीराम शर्माले जानकारी दिनुभयो ।
यसैबीच, दिवसको अवसरमा लायन्स क्लव अफ प्यूठानले रक्तदान कार्यक्रम गरेको छ ।
रेडक्रस प्यूठानका सभापति गुमानराज पुलामीको अध्यक्षतामा भएको कार्यक्रममा प्यूठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपतिको प्रमुख आतिथ्यता रहेको थियो ।
