> राष्ट्रिय > नेपालमा कोरोना संक्रमण देखियो


नेपालमा कोरोना संक्रमण देखियो

काठमाण्डौ, १० चैत

नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार पत्रकार सम्मेलन मार्फत कोरोना संक्रमण भेटिएको आधिकारीक जानकारी दिएको हो । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले १९ वर्षकी एक किशोरीमा संक्रमण भेटिएको र टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतलमा उपचार भइरहेको जानकारी दिनुभयो ।
संक्रमित व्यक्ति फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएको बताइएको छ । त्यसबेला कोरोनाको कुनै लक्षण नदेखिएको र होम क्वारेन्टाइनमा बसेकी थिइन । तर आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको हो । किशोरीमा संक्रमण भेटिएपछि उनीसँगै आएका र परिवारका सदस्यहरुको पहिचान गरी आइसोलेसनमा राख्ने र परीक्षण गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री ढकालले धैर्य नगुमाउने र सावधानी अपनाएर विस्तारित हुन नदिन आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!