> Uncategorized > रगतको अभाव कम गर्न रक्तदान


रगतको अभाव कम गर्न रक्तदान

प्यूठान, २७ जेठ । कोरोना भाईरसको जोखिमका कारण कारण रगतको अभाव भएका बेला बासले नेपालगन्जमा रक्तदान कार्यक्रम गरेको छ ।

बास केन्द्रीय कार्यालय नेपालगन्जले नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र नेपालगन्जमा रक्तदान कार्यक्रम गरेको हो ।

नेपालगन्ज लगायत जिल्ला मै हाल रगतको अभाव भएको बेला गरिएको रक्तदान कार्यक्रममा ३५ जना रक्तदाताहरुले रगतदान गरेका हुन् । बासले नेपालगन्जमा रगतको अभाव हुन नदिन नियमित रुपमा रक्तसञ्चार केन्द्रको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *