> स्थानीय सरकार > मल्लरानी गाउँपालिका २ नम्वर वडाको बन्याे आफ्नै भवन


मल्लरानी गाउँपालिका २ नम्वर वडाको बन्याे आफ्नै भवन

प्यूठान, ३ साउन । मल्लरानी गाउँपालिका वडा नम्वर २ को आफ्नै वडा भवन बनेको छ ।

स्थानीय तहको निर्वाचनभएदेखि भाडामा सञ्चालन रहेको वडा कार्यालय भवन बनेसँगै आफ्नै भवनबाट सञ्चालनमा आएको हो ।
नवनिर्मित भवनको गाउँपालिका अध्यक्ष अमरध्वज रानाले उद्घाटन गर्नुभएको छ । आईतबार कुडारामा भवनको उद्घाटन गर्नुभएको हो ।

स्वर्गीय रुक बहादुर खत्रीको स्मृतिमा उहाँको श्रीमति रेना कुमारी खत्रीले भवन बनाउन निःशुल्क जग्गा दिनुभएको हो । कार्यक्रममा जग्गादाता खत्रीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।

वडा अध्यक्ष लेख बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी गाउँपालिका अध्यक्ष अमरध्वज राना, विशेष अतिथी गाउँपालिका उपाध्यक्ष सरिता जिसी, प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापा, पूर्व जिविस सभापति बोम बहादुर खत्री, पूर्व जिविस सदस्य कृष्ण खड्का, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, वडा सचिव, कर्मचारी लगायतको उपस्थिती थियो ।

कार्यक्रमको स्वागत वडा सदस्य गणेश जिसी र सञ्चालन वडा सचिव उमादेवी कार्कीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *