प्यूठान । गत वर्षको तुलनामा ८ दशमलव ७४ प्रतिशतले धान उत्पादन कम हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुमान गरेको छ । ५१ लाख ३० हजार मेट्रिकटन उत्पादन हुने मन्त्रालयको अनुमान छ ।
यस वर्ष हावाहुरी सहितको अप्रत्यासित वर्षाले मुख्यरुपमा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका कैलाली, कन्चनपुर, बर्दिया, बाँके तथा कपिलबस्तु जिल्लामा धान थन्क्याउनृ बेलामा पारेको ठुलो क्षतिले समग्र राष्ट्रिय धान उत्पादनमा कमि आएको मन्त्रालयको भनाई छ ।
मन्त्रालयले स्थलगत अनुगमन सहित विभिन्न आधारमा यस वर्षको उत्पादन अनुमान गरेको हो ।
