प्यूठान, १० असार । प्यूठानका स्थानीय सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउँदैछन् ।
आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि आज स्थानीय सरकारले गाउँ सभा मार्फत बजेट ल्याउन लागेका हुन् ।
झिमरुक गाउँपालिका बाहेकका सवै स्थानीय सरकारले आज बजेट ल्याउने कार्यक्रम रहेको छ ।
मल्लरानी गाउँपालिकाले गाउँसभाको फेसबुकपेजबाट प्रत्यक्ष प्रशारण गर्ने जनाएको छ । प्यूठान नगरपालिकाले रेडियोबाट प्रत्यक्ष प्रशारण गर्ने जनाएको छ ।
