समाज

सुरक्षाकर्मी र बटुवालाई पराजुलीले दिए खाजा

[mashshare]

प्यूठान, १९ चैत्र ।
लक डाउनका बेला सुनसान सडकमा खटिएका सुरक्षाकर्मी र गन्तव्यमा हिडँेका बटुवालाई बाग्दुला निवासी डिल्लीराज पराजुलीले खाजा वितरण गर्नुभएको छ ।

बाग्दुला, विजुवार क्षेत्रमा डिउटीमा खटिएका नेपाल प्रहरी र सशसस्त्र प्रहरीहरुलाई आईएमई संचालक पराजुलीले खाजा प्रदान गर्नुएको हो । महाविपत्तिको यस अवस्थासँग जुध्न सबैको सहयोग आवश्यक रहेको भन्दै उहाँले खाजा उपलब्ध गराएको बताउनुभयो । खाजा वितरणले अरुको सुरक्षामा खेट्ने सुरक्षाकर्मीको मनोवल बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै रोल्पा जाँदै गरेका मजदुरहरुलाई पनि उहाँले खाजा दिनुभएको छ । तीन दिन अघि बाग्लुङ्गबाट हिडेका उनीहरु रोल्पा जाँदै गर्दा पुण्यखोला विजुवारमा खाजा दिइएको हो ।

जुम्रिमा डिउटीमा रहेका सुरक्षाकर्मीलाई खाजा दिँदै पराजुली

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close