> समाज > मकै पिसेर फर्किदा भीरबाट लडेर ज्यान गयो


मकै पिसेर फर्किदा भीरबाट लडेर ज्यान गयो

प्यूठान । प्यूठान नगरपालिका वडा नम्वर २ आरनेटा निबासी ६७ वर्षीय शिव बहादुर सुनारको भीरबाट लडेर ज्यान गएको छ ।

 

सोमबार मकै पिसेर घर फर्किदै गर्दा प्यूठान नगरपालिका वडा नम्वर २ स्थित मसेरीको भीरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ ।

 

 

सुनारको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । शव पोष्टमार्टमको लागी प्यूठान अस्पताल बिजुबारमा लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *