> राष्ट्रिय > प्युठान र बाग्लुङको सिमाना नाङ्गीमा ढकमक्क गुँरास (फोटो फिचर)


प्युठान र बाग्लुङको सिमाना नाङ्गीमा ढकमक्क गुँरास (फोटो फिचर)

सुजल श्रेष्ठ
प्युठान । समुन्द्र सतहदेखी तीन हजार तीन सय मिटर उचाई । बसन्त ऋतुमा फुलेका विभिन्न थरीका लालिगुँरास । नाङ्गी लेक पुग्दा जो कसैको मन आनन्दित हुन्छ ।

नाङ्गी प्राकृतिक रुपमा सुन्दर, शान्त र रमणीय ठाउँ छ । प्युठान र बाग्लुङका विभिन्न ठाउँहरु अवलोकन गर्न सकिन्छ । त्यतिमात्र होइन विभिन्न हिमालहरु समेत सहजै देख्न सकिन्छ ।

यो क्षेत्र प्युठानको गौमुखी गाउँपालिका र बाग्लुङको निशिखोला गाउँपालिकासँग सिमा जोडिएको छ ।पर्यटकीय पदमार्गको रुपमा शुरुवात भएपनि यहाँ आन्तरीक पर्यटकहरु मात्र पुग्ने गरेका छन् । होली, नयाँ वर्षमा स्थानीयको भीड नै लाग्छ ।

लालिगुराँसको मात्रै जंगल भएकाले लालिगुराँस फुल्ने समयमा पर्यटकहरु बढी घुम्न जाने गर्दछन् । नाङ्गी क्षेत्रमा विभिन्न प्रकारका जनावर र चराचुरुङ्गी पाउने गर्दछ ।

प्यूठान सदरमुकाम खलंगाबाट करीव ४५ किलोमिटर मोटरयात्रा र त्यहाँबाट पैदल हिडेर पुग्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *