आर्थिक/बिकाससमाज

बृक्षरोपणका लागि बिरुवा तयार

वनलाई नागरिकको जिवनस्तर उकास्ने गरी योजना शुरु

दाङ, १० असार । डिभिजन वन कार्यालय दाङले वनलाई नागरिकको जिवनस्तरसँग जोडन जडिबुटि खेतीलाई सबृद्धीको अभियानका रुपमा अगाडी बढाएको छ ।

डिभिजन वन कार्यालय दाङले यस वर्ष ३ वटा नर्सरीमा एक लाख टिमुर र २० हजार सुगन्धकोकिलाका विरुवा उत्पादन भएका छन् ।
जस मध्ये ५० हजार जडिबुटी विरुवा (टिमुर र सुगन्धकोकिला) यसै वर्ष साुमदायिक वन उपभोक्ता समूह तथा निजी कृषकहरु लाई वितरण गरी वृक्षारोपण गरिदै छ भने कतिपय राष्ट्रिय वन खण्डमा समेत रोपण गरिनेछ ।

करीव ५० हजार वटा बिरुवा आफ्नै नर्सरीमा तयार पारेको वन कार्यालयले थप ५० हजार बिरुवा खरिद गरेर टिमुर खेतीगर्न चाहने निजि वन धनीलाई वितरण गर्ने योजना अनुसारले काम भैरहेको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले बताउनु भयो ।

जिल्लाका पहाडी क्षेत्रमा टिमुर खेतीका लागी सहयोग गर्ने भएपछि स्थानिय उपभोक्ताहरु निकै उत्साहीत भएको वन कार्यालयको भनाई छ । टिमुरसँगै वन कार्यालयले तेजपात, अमला, कुरीलो लगायतका अन्य जटिबुटिहरु पनि कृषकको माग र वातावरण अनुकुलता हेरेर वितरण गर्न गर्ने डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर के.सीे ले जानकारी दिनुभयो ।

दाङ जिल्लाको वंगलाचुली गाँउपालिका, घोराही उपमहानगरपालिका १८ र १९, तुलसीपुर उपमहानगरपालिका ३ र १९ लाई टिमुर र सुगन्धकोकिला (मालागेडी) को पकेट क्षेत्र तोकिएको छ भने बबई नदी आसपासको बगर र दाङ उपत्यकाको दक्षिण पश्चिम भागलाई मेन्था, क्योमोमाईल, सर्पगन्धा, कुरीलो जस्ता जडिवुटीको उत्पादनका लागि पकेट क्षेत्र तोकिएको छ ।

यो वर्ष टिमुर र सुगन्धाकोकिलाको पकेट क्षेत्र लक्षित वृक्षारोपण अभियान संचालन गरिने प्रमुख ज्ञवालीले वताउनु भयो । कार्यालयले अघि सारेको टिमुर र सुगन्धाकोकिाला रोपण अभियानले एकातर्फ मानव वन्यजन्तु बीचको द्वन्द कम गर्छ भने अर्को तर्फ वाँझो जमिनको उपयोग भई गाँउमा वस्ने र जग्गा भएका जग्गाधनीहरुले छोटो समयमा मनग्य आम्दानीको अवसर खुलाएको छ ।

Related Articles

Back to top button