प्यूठान, १९ वैशाख ।
पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई फ्रेन्च लिग वानको उपाधी प्रदान गरिएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण फ्रान्सेली सरकारले बाँकी खेल सञ्चालन नगर्ने निर्णय गरेपछि शीर्षस्थानमा रहेको पिएसजीलाई उपाधी दिने घोषणा गरिएको हो ।
लिग वानमा १० चरणको खेल बाँकी रहँदा एक खेल कम खेलेको पीएसजीले दोस्रो स्थानको मार्सेलीलाई १२ अंकले पछि पारेको थियो । पीएसजीको २७ खेलबाट ६८ अंक रहेको छ । दोस्रो स्थानको मार्सेलीको २८ खेलबाट ५६ अंक छ । यस सँगै पीएसजी लगातार तेस्रो सिजन लिग वान च्याम्पियन बन्न सफल भएको हो ।
कोरोना भाइरसका कारण गएको मार्च १३ देखी लिगका खेलहरु रोकिएको थियो । उपाधी विजेता पिएसजीले यो सिजनको उपाधी स्वास्थ्यकर्मी र महारी नियन्त्रणमा घटिएका व्यक्तीलाई सर्मपित गरेको बताएको छ ।
लिगको पुच्छारमा रहेका एमिनस र टोउलज रेलिगेसनमा परेका छन् ।
