प्यूठान, २० जेठ । मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र, सुआहारा कार्यक्रमले जिल्लाका स्थानीय तहलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ ।
कोरोना संक्रमणको जोखिमबाट बच्न र बचाउनका लागि कार्यक्रमले जिल्लाका सवै स्थानीय तहमा स्वास्थ्य सुरक्षा समाग्री वितरण गरेको हो ।
सवै स्थानीय तहमा माक्स, स्यानिटाइजर र व्यक्तिगत सुरक्षा सामाग्री( पीपीई सेट) वितरण गरिएको फिल्ड संयोजक नारायणलाल श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरि स्वास्थ्य कार्यालय प्यूठानलाई पीपीई सेट प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयंसेविकालाई समेत प्रदान गर्ने गरि एकमुष्ट रुपमा पालिकामा हस्तान्तरण गरिएको छ ।
सवै गरेर ४८ हजार ३ सय वटा माक्स, ४५ सेट पीपीई, एक सय एमएलको ४ सय ४४ वटा स्यानिटाइजर, ५ सय एमएलको ४८ वटा स्यानिटाइजर वितरण गरिएको कार्यक्रम फिल्ड संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।
प्यूठान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्दराज घिमिरेले सामाग्री बुझ्दै विपद्मा सवैको हातेमालो आवश्यक रहने बताउनुभयो । उहाँले सहयोगका लागि सुआहारा कार्यक्रमसँगै मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रलाई धन्यवाद दिनुभएको छ ।
जोखिममा रहेका महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य संस्थामा रहेका स्वास्थ्यकर्मीलाई लक्षित गरि कार्यक्रमले सहयोग सामाग्री दिएकाले थप उपयोगी र प्रभावकारी हुने उहाँको भनाई छ ।
