प्युठान । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तक-२०२४ को पुर्व समिक्षा गरिएको छ । खलंगामा सरोकारवालाहरु बीच सन २०२३ को ६ महिनाको अबधिमा भएका मानव अधिकार उल्लंघनका घटनाको बारेमा इन्सेक प्रतिनिधि रबिन्द्र पाण्डेले जानकारी गराउनुभएको थियो ।
जनवरीदेखि जुनसम्म २१ वटा घटना अभिलेखमा राखिएको उहाँको भनाई छ । वर्ष पुस्तकमा मानव अधिकारका मुख्य मुख्य घटना प्रकाशन गरिने समेत उहाँले बताउनुभयो । पुस्तक प्रकाशन पुर्व वार्षिक पुर्व समिक्षा समेत गरिने पाण्डेले बताउनुभयो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय प्युठानका प्रशासकीय अधिकृत मेघराज सोनी, जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक लाल बहादुर बि.क., गैसस महासंघ प्युठानका सचिब जुमान सिंह के.सी. लगायतले सुझाव राख्नुभएको थियो ।
