> समाज > सन्दिपको उपचार : सहयोग जुट्दै, स्वास्थ्यमा केहि सुधार


सन्दिपको उपचार : सहयोग जुट्दै, स्वास्थ्यमा केहि सुधार

बोमबहादुर परियार
प्यूठान, २९ बैशाख । नयाँ वर्षको दिन स्वर्गद्धारीमा जीप दुर्घटनामा घाईते मल्लरानी गाउँपालिका–३ चौरपानीका सन्दिप परियारको उपचारमा सहयोग जुट्दै छ भने स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ ।

 

लामो समय अचेत अवस्थामा रहेका सन्दिपले अहिले विस्तारै आँखाले ईसारा गर्दै कुरा गर्न थालेको परिवारले जनाएको छ । सन्दिपको काठमाण्डौं महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा आईसीयुमा राखेर उपचार भैरहेको छ ।

 

उपचारमा दैनिक २० देखि २५ हजार रुपै.ंया खर्च आउने गरेको बहिनी मधुमायाले बताउनुभयाे । सन्दिपको टाउकोमा गम्भिर चोट लागेको छ । झण्डै साढे ५ लाख रुपैंया सहयोग संकलन भएको उहाँले बताउनुभयाे । अझै कति समय लाग्ने र कति खर्च लाग्ने भन्ने एकिन छैन ।

 

जिल्ला प्रसासन कार्यालय गुल्मी र जिल्ला स्थित बिभिन्न कार्यालयका कर्मचारीले २ लाख ७५ हजार १ सय ४० रुपैंया सहयोग संकलन गरी हस्तान्तरण गरेको नेपाल निजामति कर्मचारी संगठन गुल्मीका अध्यक्ष राम प्रसाद पन्थीले बताउनुभयो । रेसुङ्गा नगरपालिकाका कर्मचारीहरु ७९ हजार ५ सय सहयोग संकलन गरी पठाईएको पञ्जीकरण शाखाका पुर्ण बिश्वकर्माले जानकारी दिनुभयो ।

 

उपचारका लागि मडिमुकुन्द कलेज योगिकुटिका बिद्यार्थीहरुले ९१ हजार ४ सय ३ रुपैंया जम्मा गरेको अभियान्ता महेन्द्र थापा क्षेत्री र बिकास मानन्धरले बताउनुभयो ।

 

गुल्मीमा कार्यरत शाखा अधिकृत राजकुमारी खत्री, अम्बिका खत्री र कल्पना भट्टबाट रु. ६ हजार ५ सय रुपैयाँ सहयोग प्राप्त भएको छ । चौरपानी निवासी पदम परियारले साउदीमा साथिहरुसँग संकलन गर्नुभएको १५ हजार ५ सय सहयोग उपलब्ध गराईएको छ ।

 

गुल्मी निवासी हाल बुटवलमा रहनुभएका झबिलाल बि.क.ले ३ हजार, चौरपानी निवासी कृष्णराज पाण्डेयले २ हजार, गुल्मी निवासी मिना अर्यालले ५ हजार रुपैया, अर्घाखाँचीबाट ठाकुर परियारले १ हजार ५ सय सहयोग गर्नुभएको छ ।

 

विभिन्न क्षेत्रबाट चलिरहेको सहयोग अभियानलाई एकद्धार प्रणाली बनाउनका लागि बहिनी मधुमाया परियारको नाममा राष्ट्रिय बाणिज्य बैंकको खाता नं. १४२०१०००७१७०५०१० लाई उपयोग गरिएको मधुमायाले बताउनुभयो ।

 

सन्दिप जिल्ला प्रशासन कार्यालय गुल्मीमा खरिदार पदमा कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *