प्यूठान, १५ बैशाख । स्वर्गद्वारी नगरपालिकामा भारतबाट फर्किएका एक व्यक्तिको मृत्यु भएको छ ।
एकसाता अघि भारतबाट फर्किएका स्वर्गद्वारी नगरपालिका–४ का ५० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीले जानकारी दिनुभयो ।
पहिले परीक्षण भएको थिएन, उहाँले भन्नुभयो, अहिले परीक्षण गर्दा कोभिड प्रमाणीत भयो ।
शवको पोष्ट मार्टम गर्नका लागि कोभिड परीक्षण गरिएको थियो । विरामी भएपनि जानकारी नभएको र पछि मृत्यु भइसकेपछि मात्र जानकारी भएको केसीले बताउनुभयो ।
शवको व्यवस्थापन सेनाले गर्ने तयारी भइरहेको छ ।
