प्यूठान, २८ भाद्र । नेपाल विद्यार्थी संघ झिमरुक गाउँपालिका समन्वय समिति प्यूठानले गाउँपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेको छ ।
झिमरुक गाउँपालिका भित्रका सामुदायिक विद्यालयले कोरोनाको समयमा पनि विद्यार्थी भर्नाको नाममा आफुखुशी रकम उठाएको भन्दै रकम फिर्ताको माग गर्दै अनिश्चितकालका लागि तालाबन्दी गरेको जनाएको छ ।
उक्त विषयमा गाउँपालिकाको शिक्षा शाखामा जानकारी गराएपनी सुनुवाइ नभएको भन्दै गाउँपालिकामा रहेको शिक्षा शाखामा तालाबन्दी गरेको जनाएको छ ।
