> समाज > “सामाजिक परिवर्तनमा नेपाली महिलाका भुमिका” बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न


“सामाजिक परिवर्तनमा नेपाली महिलाका भुमिका” बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्यूठान, ५ वैशाख । प्यूठानमा “सामाजिक परिवर्तनमा नेपाली महिलाका भुमिका” बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

वि.पि अध्ययन प्रतिष्ठान प्यूठानको आयोजनामा प्यूठानको जुम्रिमा १ दिने अन्तर्कि्रया तथा नेतृत्व विकास तालिम प्रतिष्ठानका अध्यक्ष खुम वहादुर थापाको अध्यक्षतामा आइतवार सम्पन्न भएको हो ।

 

कार्यक्रम पार्टीगत विभाजन नभई समग्र महिलाको नेतृत्व विकास र क्षमता अभिवृद्धिका लागि भएको भन्दै सम्पुर्ण महिलाहरुलाई अधिकारको क्षेत्रमा सकृय रहदै अधिकारको सहि सदुपयोग गर्दै अगाडि वढ्न अध्यक्ष थापाले आग्रह गर्नुभयो । यस्तै अधिवक्त्ता निमा गिरीले महिलाको अधिकार र महिलामाथि हुने हिंसा विरुद्धको वारेमा स्पष्ट पार्दै सम्पुर्ण महिला नेतृत्वकर्ता आआफ्नो क्षेत्रमा सकृय भएर अगाडि वढ्न प्रोत्साहनसमेत गर्नुभयो ।

 

कार्यक्रममा प्यूठान जिल्ला भित्रका ६४ वटै वडाबाट महिला प्रतिनिधिहरु र कानुन विषय अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *