> समाज > भरुवा बन्दुकको गोली लागेर मृत्यु


भरुवा बन्दुकको गोली लागेर मृत्यु

प्यूठान । सिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु भएको छ । ऐरावती गाउँपालिका-१ दाङवाङमा हिजो साँझ सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

सिकार खेल्न जंगल गएका व्यक्तिको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएपनि घटनाको विस्तृत विवरण नआएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।