प्यूठान । प्यूठान उद्योग वाणिज्य संघको ३५ औं स्थापना दिवस बिबिध कार्यक्रम गरि मनाइएको छ । संघको सभाहलमा एक विशेष समारोहको आयोजना गरि स्थापना दिवस मनाइएको छ ।
संघका अध्यक्ष सन्देश आचार्यको अध्यक्षता र जिल्ला न्यायाधिश हिरण्यप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अवसरमा संघका मनोनित सदस्य, मानार्थ सदस्य र सल्लाहकारहरुलाई प्रमाण पत्र प्रदान गरिएको महासचिव झविन्द्र शर्माले जानकारी दिनुभयो । दिवसको अवसर पारेर संघमा स्थापना गरिएको मेलमिलाप केन्द्रको उद्घाटन गरिएको छ ।
प्यूठान जिल्ला न्यायाधिश हिरण्यप्रसाद भण्डारीले केन्द्रको उद्घाटन गर्नुभएको छ । संघले प्रथम उपाध्यक्ष रामचन्द्र पौडेलको संयोजकत्वमा कार्यसमिति सदस्य प्रशुजता ए.सी. र कमलप्रसाद पौडेल सदस्य रहनुभएको मेलमिलाप समिति गठन गरेको छ ।
दिवसको पूर्वसन्ध्यामा बजार क्षेत्रहरुमा सरफाई तथा बृक्षा रोपण कार्यक्रम गरिएको थियो भने आईतबार साँझ बजार क्षेत्रहरुमा दिप प्रज्वलन गरि संघको स्थापना दिवस मनाईएको संघका कार्यकारी निर्देशक प्रकाश खनालले बताउनुभयो ।
२०४८ साल असार १५ गते तुल्सी प्रसाद उपाध्यायको अध्यक्षतामा भएको प्रारम्भिक भेलाले ७ सदस्यीय प्यूठान व्यापार संघ नामबाट तदर्थ समिति गठन गरि संघको शुरुवात भएको हो । संघमा हाल ४ हजार बढि सदस्य आवद्ध छन् ।
यसैबिच शनिवार प्यूठान उद्योग बाणिज्य संघ स्वर्गद्वारी नगर बजार क्षेत्रको आयोजना तथा स्वर्गद्वारी नगरपालिकाको सहयोगमा करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । बजार क्षेत्रका अध्यक्ष विष्णु योगीको अध्यक्षता तथा नगरपालिका प्रमुख टेकप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा करदाता सेवा कार्यालय प्यूठान प्रमुख हेतुराम पुन र नगरपालिकाका राजश्व शाखा प्रमुख सौदर्यमणि सुवेदी लगायतले प्रशिक्षण दिनुभएको थियो ।
