> आर्थिक > मल्लरानीमा कृषिको कस्तो योजना आवश्यक छ ?


मल्लरानीमा कृषिको कस्तो योजना आवश्यक छ ?

प्यूठान, १९ बैशाख ।
कोरोना संक्रमणले गर्दा देश तथा विदेशमा रोजगारीका लागि पुगेका व्यक्ति फर्किदै छन् । संक्रमणले गर्दा विश्वभर रोजगारी कटौती हुने अवस्थामा पुगेको छ । कोरोनाको संक्रमणबाट उत्पन्न आर्थिक समस्यालाई मध्यनजर गर्दै मल्लरानी गाउँपालिकाले कृषि क्षेत्रको योजना अगाडी बढाउन थालेको छ ।

गाउँपालिकाले विदेशबाट फर्केका व्यक्तिलाई विभिन्न कृषि प्याकेजमा आबद्ध गरि रोजगारी र उत्पादन बढाउने योजना अगाडी सारेको प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले बताउनुभयो । पालिकाभित्र रहेका बाझो जग्गालाई प्रयोगमा ल्याउने सहितका विविध कृषि योजनाको काम अघि बढाउन थालेको उहाँले जानकारी दिनुभयो ।

गाउँपालिका भित्रको बाझो र प्रयोगमा भइरहेको जमिनमा के कस्ता कृषि कार्य अगाडी बढाउन सकिन्छ भनेर पालिकाले अल्पकालिन र दिर्घकालिन योजना तयार गर्न लागेको छ । पालिकाले सार्वजनिक सूचना गरेर पालिकाभित्र के कस्ता कृषि तथा पशुपालनका गतिविधि गर्न सकिन्छ भनेर सुझाव समेत मागेको छ । सम्वन्धित वडा कार्यालय र पालिकामा राय सुझाव दिन सकिने सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!