> राजनीति > ऐरावतीमा माओवादीले पालिका अध्यक्षमा मात्र दियो उम्मेदवारी, ३ वडामा स्वतन्त्र उम्मेदवार


ऐरावतीमा माओवादीले पालिका अध्यक्षमा मात्र दियो उम्मेदवारी, ३ वडामा स्वतन्त्र उम्मेदवार

प्यूठान । ऐरावती गाउँपालिकामा नेकपा माओवादी केन्द्रले गाउँपालिका अध्यक्ष पदमा मात्र उम्मेदवारी दिएको छ । उसले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छैन ।

 

त्यसैगरी माओवादी केन्द्रले १ नम्वरमा द्रोण प्रसाद पाण्डे, २ नम्वरमा भिमेस घर्तिमगर, ३ नम्वरमा ठग बहादुर शाही, ४ नम्वरमा भोटमान पुन, ५ मा नवराज श्रेष्ठको उम्मेदवारी परेको छ । ६ नम्वरमा माओवादीले उम्मेदवारी दिएको छैन ।

 

त्यसैगरि गठबन्धनको तर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका नविलविक्रम शाह, उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका कृष्ण श्रेष्ठले उम्मेदवारी दिनुभएको छ ।

गठबन्धनको तर्फबाट १ नं. वडामा नेपाली कांग्रेसका अमर रेश्मी मगर, २ नं. वडामा जनमोर्चाका मान बहादुर गुरुङ, ३ नं. वडामा नेपाली कांग्रेसका प्रेम बहादुर पुन, ४ नं. वडामा कांग्रेसका शंकर बहादुर भण्डारी, ५ नं. वडामा कांग्रेसका चन्द्र बहादर रोकामगर र ६ नं. वडामा जनमोर्चाका भरत खड्काको उम्मेदवारी परेको छ ।

 


ऐरावतीको १, २ र ६ वडामा स्वतन्त्र उम्मेदवारी परेको छ । १ नम्वर वडामा राष्ट्रिय जनमोर्चाका रमेश थापाले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । त्यसैगरि २ नम्वर वडामा कांग्रेसका तिलक पाण्डे र ६ नम्वर वडामा कांग्रेसकै इन्द्र खड्काले स्वतन्त्र उम्मेदवारी दिनुभएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *