प्यूठान, १३ चैत । प्यूठान नगरपालिकाले जनतासँग मेयर उपमेयर कार्यक्रम अन्र्तगत सहकारी संस्था तथा कृषकलाई विभिन्न सामाग्री वितरण गरेको छ ।
नगरपालिका भित्रका १० वटा सहकारी संस्थालाई कम्युटर, प्रिन्टर, स्टिल दराज, प्लाष्टिक कुर्चि वितरण गरिएको हो ।

त्यसैगरी ८ जना कृषकलाई कुटानी पिसानि मिल प्रदान गरिएकोे छ । सहकारीको संस्थागत बिकास सँगै दैनिक कार्य प्रणाली सुधारमा सहयोग पुराउने उधेश्यले सामाग्री प्रदान गरिएको नगरप्रमुख अर्जुन कुमार कक्षपतिले बताउनुभयो । कुटानि पिसानिको समस्या झेल्दै आयका दुर्गम क्षेत्रलाई मध्यनजर गर्दै मिल प्रदान गरिएको उहाँको भनाई छ ।

उपप्रमुख शान्ता आचार्यले अनुदानको सहि सदुपयोग गरि आयआर्जनमा लाग्न कृषकलाई आग्रह गर्नुभएको छ ।
