> खेलकुद > प्यूठानका खेलाडी राष्ट्रिय/अन्र्तराष्ट्रिय स्तरमा पुग्ने हुनुपर्छ : मन्त्री थापा


प्यूठानका खेलाडी राष्ट्रिय/अन्र्तराष्ट्रिय स्तरमा पुग्ने हुनुपर्छ : मन्त्री थापा

प्यूठान, २० फागुन । खानेपानी तथा सरसफाई मन्त्री मणीचन्द्र थापाले जिल्लाबाट राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा पुग्ने खेलाडी उत्पादन गर्नुपर्ने बताउनुभएको छ ।

सरुमारानी गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता उद्घाटनमा बोल्दै उहाँले स्थानीय स्तरबाट खेलकुद क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राख्दै खेलाडी उत्पादनमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

पछिल्लो समय खेल क्षेत्र विश्वमै सवैभन्दा ठूलो व्यवसायको रुपमा अघि बढेको उहाँले बताउनुभयो । ‘खेलाडीहरु संसारका धनि व्यक्तिका रुपमा देखा पर्न थालेका छन्,’ उहाँले भन्नुभयो,‘खेलाडीहरुले राम्रो आम्दानी गर्ने अवसर छ ।’ उहाँले पारस खड्का, सन्दिप लामिछानेको बारेमा चर्चा गर्दै खेलक्षेत्रबाट पनि राम्रो आयआर्जन गर्न सकिने बताउनुभयो ।

 

मन्त्री थापाले खेलकुद देशको प्रतिष्ठासँग जोडिएको विषय भएको भन्दै यसको विकास आवश्यक रहेको बताउनुभएको छ । सरकार सुखी नेपाली ः समृद्ध नेपाल अभियानमा अगाडी बढीरहेको भन्दै उहाँले खेलकुद क्षेत्रको विकासमा पनि सरकार लागिपरेको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *