> आर्थिक/बिकास > पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता


पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता

प्यूठान, १३ चैत । नौबहिनी गाउँपालिकामा पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड बाहाने शाखाको आयोजना तथा नौबहिनी गाउँपालिकाको सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा प्रथम नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डामृ, दोस्रो लुप्लुङ माध्यमिक विद्यालय लुप्लुङ र तेस्रो जनज्योति माध्यमिक विद्यालय लुङ भएका छन् ।

विजेताले प्रथम पुरस्कार ४ हजार, द्धित्तिय पुरस्कार ३ हजार र तृत्तिय पुरस्कार २ हजार रुपियाँ प्राप्त गरेका छन् । प्रतियोगितामा १० वटा विद्यालयले सहभागिता जनाएका थिए ।

 

विश्वभर आर्थिक तरलता देखिएको भन्दै पैसाको बचत गर्न जनचेतना जगाउने उदेश्यले कार्यक्रम गरिएको शाखा प्रमुख सुवास भण्डारीले बताउनुभयो । कार्यक्रममा नौबहिनी गाउँपालिकाका अध्यक्ष शिव रिजालको प्रमुख आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *