साहित्य सृजना

के काल आयो आमा

के काल आयो आमा

ध्रुव गिरी
  • ध्रुव गिरी

साच्चै एउटा सपूत जन्माउन आमा
हो आमा काल बनेर आउदै छ
हाम्रै दाजुभाइ दिदीबहिनीसँग
विभिन्न बिमानको सहारा हुँदै
निश्चल स्वच्छ गाउँमा आएको छ
हो आमा काल बनेर आएको छ ।

हुन त उनलाई के थाहा
मैले विष बोकेर आएको छु भन्ने
घर परिवार नाताकुटुम्ब भेट्न आतुर भएको बेला
आफ्ना प्रियतमसँग माया साट्न हतारिएको वेला
सानैमा छोडेका नानीबाबुलाई बिदेशी मिठाइँ पुर्याउने वेला
हो आमा उनलाई के थाहा काल लिएको कुरा

कस्तो जब्बर छ है । संक्रमण भएको थाहा नपाइने
तर अरुलाइ सन्क्रमित बनाउन भ्याइहाल्ने
अनि कति सजिलै
लुगामा ,धातुमा ,छालामा ,माटोमा जहाँपनि जिउन सक्ने
नाक, आँखा, मुख जहाँबाट नी भित्रिन सक्ने
साच्चै कति अधम काल रहेछ आमा ।

३० औं हजारलाई एकै चिहान बनाइदिने
रोगी, बृद्द र बालकलाई सजिलै चपाइदिने
भुसको आगो जस्तै भित्रभित्रै सल्की बढीरहने
कति पापी अनि कति निठुर
अकालमा काल बनेर आयो आमा

उपाय एउटै छ, घरमै बसी कसैको सम्पर्कमा नहुने
हरेक पटक साबुनपानीले मिचिमिचीकन हात धुने
शंका लागेकालाई क्वारेन्टाइनमा पठाउने
लक्षण देखिए स्वास्थ्य सस्था धाउने
साच्चै के काल आयो आमा

एउटा आशा तिमी महान आमाप्रती पनि छ
हिजो रुइतेक्टोमीका आविष्कारक जन्माउने तिमी नै हौ
जसले धेरैलाई संसार देखाए
समस्याको वेला एउटा महान सपूत जन्माउन आमा
जसले यो पिपासु कालको सम्हार गर्न सकोस्
नेपाली जातिको शिर उचो राख्न सकोस्
बिश्व मानव जातिलाई बचाउन सक्ने रक्षक बनोस्
साच्चै एउटा सपूत जन्माउन आमा ।

२०७६/१२/१७

Related Articles

Back to top button