वासुदेव गिरी
प्यूठान, २६ फागुन । झिमरुक गाउँपालिकाले पालिकामा चालू आ.ब.को लागि संचालन गरेका योजना तथा कार्यक्रमको अनुगमन सुरु गरेको छ ।
गाउँपालिका स्तरीय अनुगमन तथा सुपरिवेक्षण समितिले पालिका भर संचालनमा रहेका योजना तथा कार्यक्रमको अनुगमन कार्यलाई तिब्रता दिएको हो । झिमरुक गाउँपालिकाका अध्यक्ष टिलक जि.सी.सहितको टोलिले शुरु भएका तथा काम सम्पन्न भैसकेका सडक, विद्यालय, स्वास्थ्य सस्था, शौचालय, खानेपानी लगाएतका योजना तथा कार्यक्रमको अनुगमन तथा निरीक्षण गरिएको पालिकाले जानकारी दिएको छ ।
सोमबार झिमरुक-६,मा निर्माण सम्पन्न गरेका विद्यालयका भवन तथा निर्माणाधीन भवन, शौचालय र खानेपानी पूर्वाधार परियोजना तथा विभिन्न सडकहरुको निरीक्षण गरिएको थियो । नेटा-धगे सडक स्थलगत निरीक्षण गर्दै पालिका अध्यक्ष तिलक जिसीले काम सन्तोषजनक देखिएकोले सो सडक यस आ.ब.मै सम्पन्न हुने गरि अध्यक्ष कोषबाट थप ६ लाख रकम तप गरेको बताउनुभयाे । उहाँले भन्नुभयाे,”राम्रो काम गर्ने उपभोक्त समितिलाई प्रोत्साहन गर्ने र नराम्रो काम गर्ने उपभोक्त समितिलाई डन्डितको गर्ने ब्यवस्था गरेका छौं ।”
नेरा मावि मर्कावाङ बिधालयमा निर्माणाधीन २ कोठे भवन तथा बालमैत्री सौचालय,सल्लेरी गाउँ जोड्ने मोटरबाटो ,तोरवाङ स्वास्थ्य चौकी जाने मोटरबाटो,नेटा धगे सडक,चिसावाङ नेटा वडा कार्यालय जोड्ने सडकको नेटा खण्डमा पहिरो नियन्त्रको लागि ग्याबिन लगाउने कामको अवस्थाबारे जानकारी लिएको वडा अध्यक्ष निमान सिंह जिसीले बताउनुभयाे ।
चालू आबको लागि नेरा मावि मर्कावाङ बिधालयमा निर्माणाधीन २ कोठे भवनको लागि लुम्बिनी प्रदेश सरकार बाट १५ लाख र बालमैत्री सौचालय,निर्माणको लागि पालिकाबाट ७ लाख बजेट रुपैयाँको बजेट बिनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसालले बताउनुभयाे । चालू आ.ब. मा संचालित योजना तथा कार्यक्रम सम्झौतामा तोकिएको समय काम सम्पन्न गरेर भुक्तानी लैजान समेत उपभोक्त समितिलाई जानकारी दिएको प्रमुख प्रशासकीय अधिकृत भुसालले बताउनुभयाे । उहाँका अनुसार आठै वडामा संचालित योजनाको क्रमश अनुगमन गरिनेछ ।
त्यस्तै, पालिकामा शुरु गरिएका सडक लगायत विभिन्न पूर्वाधार आयोजनको अनुगमन गर्दै ग्रामीण बस्तीका सडक, खानेपानी,सिंचाइ,भवन,सौचालय लगाएतको निर्माणले गति लिएको देखिएको इन्जिनियर निरज शाहले बताउनुभयाे। ‘प्राबिधिक दृष्टिकोणले हेर्दा काम लागत अनुसार हुनु पर्यो कुनैपनि योजना रकम अभावले नरोकिने अध्यक्ष जिसीले बताउनुभयाे ।
उहाँले भन्नुभयाे,” हामीले शुरुआत गरेका तथा अपुरा अधुरा योजान हामीले क्रमश पूरा गर्छौ ।” अनुगम तथा निरीक्षण टोलिमा गाउँपालिका अध्यक्ष सहित वडा अध्यक्ष वडा सचीव योजना शाखा प्रमुख प्रशासन शाखा प्रमुख इन्जिनियर र सम्बन्धित योजनाको साइट इन्चार्ज उपभोक्त समिती र जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
