> राष्ट्रिय > अझै पत्ता लागेन प्यूठानका चार जना कोरोना पोजेटिभ


अझै पत्ता लागेन प्यूठानका चार जना कोरोना पोजेटिभ

प्यूठान, १५ भाद्र । आईतबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गरिएको मध्ये प्यूठानका पाँच जना व्यक्तिमा कोरोना पोजेटिभ आएको मन्त्रालयको दैनिक प्रेस व्रिफिङमा जानकारी गराइयो ।

तर अहिलेसम्म ती ५ जनामध्ये ४ जना को हुन भन्ने थाहा हुन सकेको छैन ।

पोजेटिभ रिर्पोट आएकामध्ये ४ जना को, कहाँका, कति उमेरका, कुन पालिकाका, क्वारेन्टाइनमा बसेका÷नबसेका, समुदायका भन्ने बारे आधिकारीक रिर्पोट अहिलेसम्म आएको छैन । चार जना नयाँ संक्रमितको बारेमा जिल्लाका सरोकारवालाले स्वास्थ्य कार्यालय प्यूठानमा जानकारी लिइरहेपनि आधिकारीक रिर्पोट नआउँदा समस्या भएको कार्यालयले जनाएको छ । आईतबार साँझ अवेरसम्म स्वास्थ्य कार्यालयले आधिकारीक एक जनाको मात्र रिर्पोट आएको जनाएको छ ।

आइतबारको रिर्पोटको आधिकारीक नतिजा सोमबारसम्म स्वास्थ्य कार्यालय प्यूठानमा आएको छैन । स्वास्थ्य कार्यालय प्यूठानका सूचना अधिकारी पुष्कल श्रेष्ठले एक जनाको आधिकारीक रिर्पोट आएको र उक्त व्यक्ति झिमरुक गाउँपालिकाको महिला भएको जानकारी गराउनुभयो । अरु ४ जनाको रिर्पोट नआएको उहाँले बताउनुभयो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका राजेन्द्र प्रसाद न्यौपानेले इमेल ठेगाना नमिल्दा रिर्पोट नपुगेको र पुनः रिर्पोट पठाउन थालेको जानकारी दिनुभयो ।

समयमा आधिकारीक रिर्पोट नआउँदा अन्यौलता बढेको र रिर्पोटिङ गर्न समस्या भएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । बेला बेलामा आधिकारीक रिर्पोट नआउँदा स्वास्थ्य कार्यालयलाई सूचना प्रवाहमा समस्या हुँदै आएको स्वास्थ्य कार्यालय प्रमुख विशाल सुवेदीले बताउनुभयो । आधिकारीक रिर्पोट नआउँदै बोल्न मिल्दैन, उहाँले भन्नुभयो, कार्यालयमा समयमै रिर्पोट नआउदा समस्या हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *