> राजनीति > नेपाली कांग्रेसको आधिकारीक धारणा : मतपत्र लुट्ने उदेश्यले आक्रमण


नेपाली कांग्रेसको आधिकारीक धारणा : मतपत्र लुट्ने उदेश्यले आक्रमण

प्यूठान । नेपाली कांग्रेस प्यूठानको जिल्ला अधिवेशनको मतगणनाका क्रममा भएको घटनाबारे नेपाली कांग्रेस प्यूठानले आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेको छ ।

 

मतगणनाको क्रममा भएको घटनाका विषयमा विभिन्न टिकाटिप्पणी भएको भन्दै कांग्रेस प्यूठानले विज्ञप्ती जारी गरि ‘…पार्टी भित्रकै अराजक जत्थाले मतपत्र लुट्ने उदेश्यले गरेको आक्रमणका कारण…’ उल्लेख गरेको छ ।

 


घटनाबाट स्वर्गद्धारी क्याम्पसमा भएको क्षति सम्वन्धित आक्रमणकारीबाट असुलउपर गर्ने गरि वर्तमान कार्य समितिले जिम्मेवारी लिने विज्ञप्तीमा उल्लेख छ । क्षति भएको भवनको आवश्यक मर्मतसम्भार तत्काल बढाउने कांग्रेस सभापति विष्णु कुमार गिरीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *