राष्ट्रियराजनीति

राजधानीको गुरु योजना बनाउने काम सुरु

प्युठान, ३ फागुन । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोख्रेलले राजधानीको गुरु योजना बनाउने क्रम सुरु भएको बताउनुभएको छ । गुरु योजना निर्माणका लागि पुर्बाधार बिकास प्राधिकरणलाई जिम्मा दिइसकेको उहाँको भनाई छ ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको दोस्रो साधारण सभा तथा अधिबेशनको आज राप्ती उपत्यकामा उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले भर्जिन ल्याण्डमा बन्न लागेको राजधानी कस्तो बनाउने भन्ने बिषयमा परामर्श आवश्यक रहेको उहाँले बताउनुभयो ।
गुरु योजनामा सबै कुरा समेटिने भन्दै उहाँले १५/२० बर्ष भित्र ब्यबस्थित शहर निर्माण हुने उहाले बताउनुभयो ।
पत्रकार महासंघ लुम्बिनी प्रदेशको पहिलो साधारण सभाले राजधानी तोक्ने बिषयमा सकारात्मक भुमिका निर्बाह गरेको उल्लेख गर्नुभयो ।

Related Articles

Back to top button