> खेलकुद > गण्डकी विरुद्ध आर्मीको शानदार जित, कप्तानको शतकिय पारी


गण्डकी विरुद्ध आर्मीको शानदार जित, कप्तानको शतकिय पारी

काठमाडौं, २ माघ । त्रिभुवन आर्मीले चौथो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

आज भएको प्रतियोगिताको पहिलो खेलमा गण्डकीलाई ९८ रनले हराउँदै आर्मीले विजयी सुरुवात गरेको हो । जितका लागि २ सय ८८ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको गण्डकी प्रदेशले ४८ ओभरमा सबै विकेट गुमाउदै १ सय ८९ रन मात्र बनाउन सक्यो । गण्डकीका लागि युवा व्याट्सम्यानको प्रदर्शन उत्कृष्ट रह्यो । गण्डकीका युवा व्याट्सम्यान समिर कंडेलले सर्वाधिक ५० रन बनाए । उनले ९० बल खेल्दै ५ चौकासहित ५० रन बनाएका थिए । यस्तै कप्तान विपिन खत्री ३७ रनमा अविचित रहे भने अर्जुन कुमालले ३६ रन, दिपक डुम्रेले २६ र विष्णु पाण्डेले १२ रन जोडे । गण्डकीका अन्य खेलाडिले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । गण्डकीलाई हराउन आर्मीका लेग स्पिनर राजेश पुलामी मगरले ५ विकेट लिए । ९ ओभर वलिङ गरेको उनले २ मेडन सहित २५ रन खर्चिएर ५ विकेट लिएका हुन् । यस्तै भिम सार्किले ३ र आकाश चन्द र रोहित कुमार पौडेलले १–१ विकेट लिए ।

 

यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको त्रिभुवन आर्कि क्लवले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदै २ सय ८८ रन बनाएको थियो । आर्मीका लागि कप्तान विनोद भण्डारीले सतकिय पारी खेले । उनले ७६ बलमा ९ चौका र ५ छक्का सहित १ सय ११ रनमा अविजित रहे । यस्तै राजु रिजालले ४५, लोकेश वमले ४२, राजेश पुलामीले ३८, भिम सार्कीले १५, हरिकृष्ण झाले १४ र रोहित पौडेलले १० रन बनाए । गण्डकीका लागि वलिङतर्फ विशाल पौडेल र विपिन कार्कीले सर्वाधिक २–२ लिए । विशाल पौडेलले १० ओभरमा ५७ रन खर्चेर २ विकेट र कप्तान बिपिन खत्रीले १० ओभरमा १ मेडन सहित ७५ रन खर्चेर २ विकेट लिए । यस्तै दिपेश खत्री र चन्द्र पौडेलले १–१ विकेट लिए ।

 

प्रतियोगिताको दोस्रो दिन शनिवार शरद भेषवाकारको कप्तानीमा रहेको नेपाल एपिएफ क्लब र सिद्दान्त लिहोनिको कप्तानीमा रहेको प्रदेश नंम्वर १ विच खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *