प्यूठान, २० असार । जारी युरो कप २०२० अन्र्तगतको सेमिफाइनल समिकरण पुरा भएको छ । गए राती भएको खेलमा डेनमार्क र इङल्याण्ड सेमिफाइलनमा पुगेका छन् ।
डेनमार्कले चेक रिपब्लिकलाई २–१ र इङल्याण्डले युर्केनलाई ४–० ले हराएका हुन् ।
सेमिफाइनमा २ खेल हुनेछन् । पहिलो खेल जुलाई ७ नेपाली समय अनुसार १२ः४५ मा इटली विरुद्ध स्पेन र ८ जुलाई १२ः४५ मा इङल्याण्ड विरुद्ध डेनमार्क खेल्ने भएका छन् ।
