> खेलकुद > बाह्रौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्यूठान नगरपालिकाले जित्यो


बाह्रौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्यूठान नगरपालिकाले जित्यो

प्युठान । जिल्ला स्तरीय बाह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मा प्युठान नगरपालिकाले शिल्ड हात पारेको छ । नगरपालिकाले १४ स्वर्ण, ९ रजत र ५ कास्य प्राप्त गरि शिल्ड जित्न सफल भएको हो ।

प्रतियोगितामा स्वर्गद्वारी नगरपालिकाले १२ स्वर्ण, ६ रजत र ४ कास्य सहित दोस्रो स्थान प्राप्त गरेको छ । यस्तै ७ स्वर्ण, ९ रजत र ३ कास्य सहित सरुमारानी गाउँपालिकाले तेस्रो स्थान प्राप्त गरेको छ ।

Exif_JPEG_420

यस्तै कवाजमा सरुमारानी गाउँपालिका र अनुशासनमा माण्डवी गाउँपालिकाले उत्कृष्ट स्थान प्राप्त गरेको छ । विजयी हुने सम्पुर्ण खेलाडी, नगरपालिका तथा गाउँपालिकाहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *