> राजनीति > नेकपा प्यूठानको कार्यालयमा ताला, भवन आफ्नो कब्जामा रहेको ओली पक्षको भनाई


नेकपा प्यूठानको कार्यालयमा ताला, भवन आफ्नो कब्जामा रहेको ओली पक्षको भनाई

प्यूठान, १२ पुस । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्यूठानको विजुवार स्थित पार्टी कार्यालयमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले ताला लगाएका छन् ।

राष्टिय युवा संघ नेपालले एक कार्यक्रमको आयोजना गरेर पार्टी कार्यालयमा ताला लगाएको हो ।

नवनियुक्त खानेपानी मन्त्री मणीचन्द्र थापालाई बधाई तथा शुभकामना दिन आयोजना गरिएको कार्यक्रम पश्चात संघका केन्द्रीय सदस्य विनोद वली सहितको टोलीले ताला लगाएको हो ।

उमेश स्मृति प्रतिष्ठानको भवन निर्माणसँगै तत्कालिन नेकपा एमालेले पार्टी कार्यालयको रुपमा प्रयोग गर्दै आएको थियो । भवन आफ्नो कब्जामा रहेको ओली पक्षको भनाई छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *