> समाज > गम्भीर प्रकृतिको घटना छैन: प्रमुख जिल्ला अधिकारी, मानव अधिकार वर्ष पुस्तकको समिक्षा


गम्भीर प्रकृतिको घटना छैन: प्रमुख जिल्ला अधिकारी, मानव अधिकार वर्ष पुस्तकको समिक्षा

प्यूठान, ७ पुस । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को वार्षिक पूर्व समिक्षा सम्पन्न भएको छ ।

जिल्लाका सरोकारवाला निकायहरुको बीच इन्सेकले संकलन गरेका मानवअधिकार उल्लंघनका घटनाहरुको समिक्षा गरिएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जिल्लामा गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनका घटना नभएको भन्दै जिल्लाका सरोकारवालाहरुको भूमिका प्रशसंनीय रहेको बताउनुभयो । उहाँले मानवअधिकारको विषयमा प्रहरी प्रशासन प्रतिवद्ध रहेको बताउनुभयो ।

जिल्लामा हानिकारक मुल्य मान्यता रहेका कुसंस्कारलाई कम गर्न प्रशिक्षण अभियान चलाउने निर्णय समेत भएको छ । जिल्लामा अधिकारका क्षेत्रमा काम गर्ने संघ संस्था, प्रहरी , प्रशासन र स्थानीय तहवीच समन्वय गरि अभियानकै रुपमा अघि बढ्ने निर्णय भएको छ ।

जिल्ला प्रहरी प्रमुख डिएसपी सुनिल मल्लले लुकेका घटनाहरुलाई बाहिर ल्याउन सरोकारवाला निकायले सहयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा अधिकारकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेले सम्मानित रुपमा बाँच्न पाउने अधिकार सम्वन्धि एक, कारागारमा मृत्यु एक, बाल अधिकारमा हत्या एक, बालिका बलात्कार तीन, परिवारजनबाट हत्या एक, बलात्कार दुई, सार्वजनिक सम्पत्ति क्षति एक, अन्यबाट हत्या एक वटा भएको उल्लेख गर्नुभयो । सहभागीले संकलित तथ्यांकलाई रुजु गरि पूर्णता दिन सुझाव दिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *