> राष्ट्रिय > सदरमुकामसम्म नपुग्ने बसको क्यू मिस गरिने


सदरमुकामसम्म नपुग्ने बसको क्यू मिस गरिने

प्यूठान । प्युठान सदरमुकाम खलंगादेखी सञ्चालन हुने सार्वजनिक यातायातका साधन खलंगाबाट सञ्चालन हुनुपर्ने र खलंगासम्म पुग्नुपर्ने सवारी साधान पुग्नुपर्ने भन्दै युवाहरुले खलंगा काउन्टरमा तालावन्दी गरेपछि यातायात प्रालिले तोकिएको स्थानसम्म यातायात सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेको छ ।

 

यसअघि पनि उक्त समस्या उत्पन्न भएपछि पटक पटक ध्यानाकर्षण र समझदारी भएपनि पुनः कार्यान्वयनमा कमजोरी देखिएको भन्दै सदरमुकामका युवाले विहीबार खलंगा बसपार्कमा रहेको काउण्टरमा ताला लगाएका थिए ।

 

उक्त घटनापछि जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रमुख प्रशासकीय अधिकृत सहित बसेको बैठकले अवका दिनमा नियमित यातायात रुटसम्म सञ्चालन गर्ने सहमति भएको हो ।

 

यसअघि खलंगाबाट काठमाण्डौका लागि छुट्ने बस र काठमाण्डौबाट खलंगा आउने बस सम्वन्धित ठाउँमा नपुग्ने समस्या रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *