समाजराष्ट्रिय

प्यूठानमा अरिङ्गालको टोकाईबाट बालकको मृत्यु

प्युठान, ५ भाद्र । प्यूठानमा अरिङ्गालको टोकाईबाट १० वर्षिय बालकको मृत्यु भएको छ ।

झिमरुक गाउँपालिका वडा नं ६ दहखोलाका अरबिन गिरी विहिवार बिहान घर नजिकैको सिसौको रुखमा बसेको अरिङ्गालको टोकाइबाट घाईते हुनुभएको थियो ।

घाईते गिरीको प्यूठान अस्पताल विजुवारमा उपचारको क्रममा विहिवार राती ८ ः२० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताउनुभयो । मृतक गिरीको शवलाई पोष्टमार्टमको तयारी भएको उहाँले बताउनुभयो ।

Related Articles

Back to top button