प्यूठान । प्यूठान जिल्लाकै पहिलो गैर सरकारी संस्थाको रुपमा परिचित मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रले आफ्नो ४४ औं वार्षिक उत्सव विविध कार्यक्रम गरि मनाएको छ । संस्थाले फागुन १७, १८ र १९ गते विविध कार्यक्रम आयोजना गरि वार्षिक उत्सव मनाएको हो ।
संस्थाले फागुन १९ गते जिल्ला समन्वय समितिमा मञ्च कार्यक्रम सहित विविध विषयमा सम्मान तथा पुरस्कार वितरण गरेको छ । सो अवसरमा संस्थाले जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।
संस्थाले कार्यसम्पादनको आधारमा उत्कृष्ट कर्मचारीको रुपमा कार्यक्रम अधिकृत गीता भुसाल र ल्याव टेक्निसियन कश्मिरा पुनलाई पुरस्कार प्रदान गरेको छ ।
त्यसैगरि उत्कृष्ट स्वास्थ्यकर्मीमा झिमरुक गाउँपालिका-६ स्थित तोरवाङ स्वास्थ्य चौकी प्रमुख सुमित्रा थापा ढकाललाई सम्मान गरेको छ ।
एचआईभी पहिचानमा भूमिका निर्वाह गर्ने जिल्ला अस्पताल एआरटी सेन्टरका काउन्सिलर अस्लेषा वि.क.लाई सम्मान गरेको छ ।
संस्थाले सहज रुपमा रक्तदानको व्यवस्थापनमा खटिएको स्व्यंसेवि रक्तदाता समाज प्यूठानलाई सम्मान गरेको छ ।
महिला स्वास्थ्य स्वयंसेविका मल्लरानी गाउँपालिका-४ निवासी बसन्ता गुरुङलाई सम्मान गरेको छ ।
प्यूठान क्याम्पसका ३ जना छात्रछात्रालाई छात्रवृत्ति वितरण गरेको छ भने विभिन्न विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
संस्थाले पत्रकार राजेश जिसीलाई सम्मान सहित पुरस्कार प्रदान गरेको छ ।
कार्यक्रममा बोल्ने बत्ताहरुले संस्थाको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा थप प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर योगी, मल्लरानी गाउँपालिका अध्यष कृष्ण बहादुर खड्का, प्रमुख जिल्ला अधिकारी बेद प्रसाद अर्याल, ऐरावती गाउँपालिका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, प्युठान क्याम्पस प्रमुख कल्पना खड्का, प्युठान उद्योग वाणिज्य संघका दित्तिय उपाध्यक्ष दधिराम भण्डारी, रेडक्रस प्युठानका मन्त्री दामोदर शर्मा, पत्रकार महासंघ प्युठानका सचिब प्रकाश बैध लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष डोर प्रसाद पोख्रेल र सञ्चालन कार्यकारी प्रमुख विजय कुमार श्रेष्ठले गर्नुभएको थियो ।