प्यूठान । नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले गरेको कार्यको चौतर्फी विरोध भएको छ । सोमबार मल्लरानी गाउँपालिका अध्यक्ष अमरध्वज राना, प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापा लगायत कर्मचारीलाई गरेको अमानवीय कार्यको विभिन्न निकायले विरोध गरेका छन् ।
नेपाल शिक्षक महासंघ प्यूठानले विज्ञप्ती जारी गरि घटनाको विवरण सार्वजनिक गर्दै दोषीमाथी कारवाहीको माग गरेको छ ।
यसअघि राष्ट्रिय जनमोर्चा प्यूठानले घटनाको विरोध गर्दै दोषीलाई कारवाहीको माग गरेको छ । घटनापछि विराेमा विज्ञप्ती अाउन थालेका छन्र ।